नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान संकलन भएको छ ।
वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ जारी महोत्सवका क्रममा आइतवारको कथा वाचनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
आर्थिक समितिका अनुसार, आइतवार नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ दान हस्तान्तरण गरेका छन् । नेपालगन्ज १२ की सुशिला शर्माले ५ लाख ५ हजार वैकुण्ठधाम निर्माणका लागि प्रदान गरिन् ।
नेपालगन्जका प्रसिद्ध चिकित्सक डा. रमेश कुमार श्रेष्ठले ४ लाख १० हजार, नेपालगन्ज ९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज १० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज ६ की निरु रेग्मीबाट १ लाख ११५ रुपैयाँ दान प्राप्त भएको संयोजक श्रेष्ठले बताए ।
त्यस्तै, वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगन्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, वरिष्ठ अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपियाँ, नेपालगन्ज घर भइ हाल रहेकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगन्ज १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगन्जका बखत थापाबाट २५ हजार १०० रुपैयाँ दान प्राप्त भएको आयोजकले जनाकारी दिएको हो । तेस्रो दिनमात्रै तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० प्राप्त भएको छ ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।