नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले आइतबार अन्तर्राष्ट्रिय लेखा दिवस मनाइएको छ । नोभेम्बर १० का दिन मनाइने दिवसका सन्दर्भमा नेपालगन्जमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत अन्य सरोकारवालाहरू सहित करिब ४० जनाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व पार्षद अबदुल करीम खान, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्ण प्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, लगायत वक्ताले लेखा पेशाको महत्व र यसको योगदानलाई स्मरण गर्दै लेखा व्यवसायीहरूले आफ्नो कार्यद्वारा अर्थतन्त्रको पारदर्शिता, विश्वसनियता र वित्तीय व्यवस्थापनमा ठुलो भूमिका खेलेको बताएका थिए । उनीहरूले लेखा भनेको केवल संख्याको गणना मात्र नभएर आर्थिक निर्णयको आधार पनि उल्लेख गर्दै जसले संस्थाहरूलाई आफ्नो वित्तीय अवस्थाको सही अवलोकन गर्न र भविष्यका योजनाहरू बनाउन मद्दत पु¥याउने तथा सामाजिक र आर्थिक विकासका लागि आवश्यक पूँजी निर्माण गर्न सजिलो हुने धारणा राखेका थिए ।
नेपालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले देशमा लेखा पेशाको गुणस्तर र नैतिकताको स्तरलाई उच्च बनाउने जिम्मेवारी वहन गरेको छ । संस्थाले अन्तर्राष्ट्रिय लेखा मापदण्डहरूको परिपालनमा जोड दिँदै नेपालको लेखा प्रणालीलाई विश्वव्यापी बनाउने प्रयास गरिरहेको छ ।
‘यसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक बनाउन र विदेशी लगानी आकर्षण गर्न सहयोग पु¥याएको तथा हरेक सफल व्यवसायको लागि एक महान लेखापालको आवश्यकता र लेखापालन नै हरेक सफल व्यवसायको भाषा हो’, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सिए तेज प्रकाश दीक्षितले भने ।
आधुनिक लेखा पद्धतिका पिताका रूपमा परिचित लुका पेसिओलीले सन १४९४ मा लेखा सब्बन्धी पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ्घ डे को रूपमा मनाइँदै आइएको छ ।
अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिए वा इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गर्यो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थाले । इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स (आईएफएसी), कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस (सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस का सदस्य संस्थाहरूले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रूपमा मनाउँदै आएका छन् ।
हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरू छन् । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरू चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्न तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरूको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न इन्टरनेशनल एकाउन्टिङ्घ डे मनाउने गरिन्छ ।
आगामी दिनमा लेखा पेशाको महत्त्व झनै बढ्दै जानेछ । डिजिटल क्रान्तिका कारण लेखा प्रणालीमा सुधार आउने, डेटा विश्लेषणमा आधारित लेखा प्रक्रियाहरू विकास हुने, र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिहरू प्रयोगमा आउनेछन ्। यसले लेखा व्यवसायीहरूलाई आर्थिक निर्णयमा सशक्त बनाउन थप मद्दत पु¥याउनेछ । संस्थाले आधुनिक प्रविधिहरूसँग तालमेल मिलाउँदै लेखालाई अझ प्रभावकारी र पारदर्शी बनाउनेतर्फ निरन्तर योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।