नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी एशोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को २४औं वल्र्ड कंग्रेसमा प्रतिनिधि चुनिएका छन् ।
भियतनामको हनोइमा हुने २४औं वल्र्ड कंग्रेसमा भाग लिन प्रतिनिधि चुनिएका ठकुरी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपालबाट एम्सको पहिलो सदस्यका रूपमा चुनिएको नेपालगन्ज म्याराथन एम्सको वल्र्ड कंगे्रसमा भाग लिने पहिलो म्याराथन इभेन्ट
हो ।
गतबर्ष जापानको ओशाकामा भएको २३औं वल्र्ड कंग्रेसमा सहभागिता जनाएर एम्समा प्रतिनिधित्व सुनिश्चित गरेका ठकुरीले २४औं कंग्रेसका लागि हनोइ पुगेपछि दैनिक नेपालगन्जसँग भने, ‘म्याराथन इभेन्टलाई नेपालगन्ज मात्रै होइन देशकै गौरवका रूपमा स्थापित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मञ्चमा पुगेको महसुस गरेको छु ।’
नेपालगन्जमा धारा–नेपालगन्ज म्याराथनको दशौं संस्करण तयारी चलिरहँदा ठकुरीको नेतृत्वमा यसैबर्ष कर्णाली हाप म्याराथन, नेपालगन्ज दश किलोमिटर नाइट रन, राप्तीसोनारी नेचर रन, गौघाट ग्रीन रन जस्ता इभेन्टसँगै कोहलपुर, खजुरा र नेपालगन्जमा साप्ताहिक दौड प्रशिक्षण भैरहेका
छन् ।
आगामी मंसिर २२ गते धारा–नेपालगन्ज म्याराथनको दशौं संस्करणमा अन्तर्राष्ट्रिय मञ्चबाट सहभागिताको आव्हान पनि गर्ने गरी हनोइमा ठकुरीले नेपालको प्रतिनिधित्व गर्ने बताए । नेपालगन्जमा धारा नेपालगन्ज म्याराथनको दशौं संस्करणको पूर्व सन्ध्यामा दुई
दिनसम्म कन्क्लेभ र फोटो प्रदर्शनी समेत गर्न लागिएको आयोजकले जनाएको छ ।