- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । बुधवार जुम्ला पुगेका प्रधानमन्त्री ओलीलाई शाहीले कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्। यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
- दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको छ । भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुधबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थाल्नु खुसीको कुरा रहेको बताए ।
- नागढुंगादेखि सिस्नेखोला सडक खण्ड बिहीबारबाट मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ ।
- पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा .प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार उजुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई पक्राउ गरेको हो ।
- बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् ।