- प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभए ठेक्का तोड्नुको विकल्प नहुने बताए ।
- सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेकी छिन् । झुन्डिएकामा अवस्थामा मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको दाबी गरेका छन् । बिहीबार काठमाडौँमा नेपाल नेवा: राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गरे ।
- राष्ट्रपति रामचन्द्र पौडेल र गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग भेटवार्ता भएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गरे ।
- साइबर अपराधको आरोपमा एक महिला पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् ।उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोप छ । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
- निर्मला पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यसरी अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई बुधबार दिनभर केरकार गरेर बेलुकी छाडेको हो ।
- नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । बिहीबार लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा रहेको बताए।