नेपालगन्जमा जमिनबाट सुन निकालिदिन्छु भनेर दुई करोड रुपैयाँ ठगी गरेको फेला परेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै रहेको नसिर अहमद बेहेनालाई भारत उत्तर प्रदेशका बलरामपुर सिहपुरीका सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद दुई करोड ठगी गरेको उजुरी पछि प्रहरीले कारवाही गर्दा हलवाई पक्राउ परेका छन् ।
प्रहरीले हलवाईलाई नेपालगन्ज उप–महानगरपालिका वडा नं.४ बसपार्क स्थितमा पक्राउ गरी अदालतबाट म्याद थप गरी मुद्दा चलाएको छ ।
हेर्नुस् थप प्रहरीले जारी गरेको विवरण