निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको अध्यक्षमा विकास बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि अध्यक्षमा बज्राचार्य र प्याब्सन जिल्ला उपाध्यक्ष शरदचन्द्र रावलको उम्मेदवारी परेपनि सहमतिमा बज्राचार्य अध्यक्ष बनेका हुन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका रावललाई प्याब्सन बाँकेको वरिष्ठ उपाध्यक्ष बनाइएको छ । त्यस्तै, उपाध्यक्षमा महेन्द्रराज शर्मा आचार्य, सचिवमा लक्ष्मण बहादुर सिंह, कोषाध्यक्षमा प्रविण गिरी, सहसचिवमा गणेशमान आचार्य, सहकोषाध्यक्षमा नरेन्द्र कुमार झा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिएका छन् ।
प्याब्सन बाँकेको पालिका सदस्य तर्फ बिराउन शेष (वीर) डुडुवा, ठगीराम दमाई (बैजनाथ), नवकिरण शाह (कोहलपुर), महेन्द्र बहादुर सेडाई (जानकी), गौरव गिरी (नेपालगन्ज), अब्दुल गफ्फार खाँ (खजुरा) सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिएका छन् ।
त्यस्तै खुला सदस्य तर्फ धर्मसिंह कार्की (सुभाष), ओम प्रकाश चन्द ठकुरी, राम बहादुर जिसी सर्वसम्मत भएका छन् ।
प्याब्सन बाँकेको ३४औं साधारणसभा र १६ औं जिल्ला अधिवशेन शनिबार आयोजना गरिएको थियो । त्यसअघि नै एक पदमा सो भन्दा बढी उम्मेदवारी परेपछि अधिवेशन लम्बिएको थियो । प्याब्सनका अग्रजहरूको प्रयासमा कार्यसमिति सर्वसम्मत भएको हो ।