लुम्बिनीका डिआइजीद्वारा जिप्रका बाँकेको निरीक्षण

नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन गरेका छन् । आज एक कार्यक्रमका बीच उनले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेका हुन् ।

उनले शान्ति सुरक्षालाई थप चुस्तदुरुस्त पार्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले जिल्लाको सुरक्षा अवस्थाका विषयमा डिआइजी कडायतलाई जानकारी गराएका थिए ।

Exit mobile version