चिसोको जोखिममा रहेकालाई ब्ल्यांकेट वितरण

नेपालगन्ज । निल सागर र मानव सेवा आश्रमका ज्येष्ठ नागरिक र बालबालिकालाई जिल्ला व्यवस्थापन समिति बाँकले आज ब्ल्यांकेट वितरण गरेको छ । बाक्लो हुस्सुसहितको शीतलहरको जोखिममा रहेका उनीहरुलाई एक सय दुई थान ब्ल्यांकेट वितरण गरिएको हो ।

योसँगै नेपालगन्जका मुख्य चोकमा आगो ताप्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए ।

Exit mobile version