मानव बेचबिखनको आरोपमा तीनजना पक्राउ

बाँके । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पश्चिम नवलपरासी प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट दुईजना भारतीय र एकजना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पाल्हिनन्दन-५ चमेनाटोल घर भई रामग्राम-२ हाटबजार बस्ने २१ वर्षीय कलिम मियाँ, भारत देवरिया थाना बरहजवा बस्ने अरुण मल र भारतको महाराजगन्ज थाना कोतवाली ग्राम बस्ने २८ वर्षीय शैलेश बर्मा पक्राउ परेका जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।

प्रहरीको गस्ती टोलीले जाँचका क्रममा कलिम मियाँले लु१८प ५२६९ नम्बरको मोटरसाइकलमा बसाली दुईजना किशोरीहरुलाई युपी५३डिबी ४८३२ नम्बरको मोटरसाइकलमा सीमा आएका भारतीय दुई युवकलाई जिम्मा लगाइरहेको अवस्थामा शंका लागि सोधपुछ गर्दा पीडित किशोरीहरुलाई ललाइफकाई भारतको गोरखपुरतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Exit mobile version