एसईई चैत १५ गतेदेखि (तालिकासहित)

बाँके । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मिति तोकेको छ । आउँदो चैत १५ देखि २७ गते एसईई परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् । यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ अङ्क ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

Exit mobile version