बाँकेमा चालु आर्थिक बर्ष २०८१/०८२ को पाँच महिनामा भएको सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक बाँकेको तथ्यांक अनुसार, गत साउनदेखि मंसिर मसान्तसम्म भएका कुल ४९ वटा सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका हुन् ।
चालु आ.व.को पाँच महिनामा बाँकेमा भएका दुर्घटनामा ३६ जना गम्भीर र ५९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।
मंसिर मसान्तसम्म कुल सवारी दुर्घटनामा परेका सवारीसाधनको संख्या ७६ वटा रहेको छ । मंसिर यता भएको सवारी दुर्घटनामा १५ वटा छाडा चौपायाको मृत्यु भएको छ भने ६ वटा पशुचौपाया घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार, साउन महिनामा १७ वटा सवारी दुर्घटनाको घटना हुँदा ६ जनाको ज्यान गएको थियो । उक्त महिनामा भएको दुर्घटनामा ११ जना गम्भीर घाइते भए भने साधारण घाइते १२ जना रहेका थिए । साउनमा २५ वटा सवारी साधनको दुर्घटना भएको थियो ।
त्यस्तै भाद्र महिनामा सवारी दुर्घटना संख्या ८ रहेको छ भने ६ जना मानिसको मृत्यु भएको थियो । भाद्रमा गम्भिर घाइतेको संख्या ८ रहेको भने साधारण घाइतेको संख्या २४ छ । भाद्रमा १२ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।
गत असोजमा १० वटा सवारीसाधन दुर्घटना हुँदा ८ जनाको ज्यान गयो । ९ गम्भीर घाइते भए भने ४ जना साधारण घाइते भएका थिए । साउनमा १६ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
कार्तिकमा भएको १२ वटा दुर्घटनामा २० सवारी साधन परेका थिए । उक्त दुर्घटनामा ८ जनाको ज्यान गयो भने ७ गम्भीर र १७ सामान्य घाइते भएको थिए ।
गत मंसिर महिनामा बाँकेमा चालु आ.व.कै सबैभन्दा बढी ३१ वटा सवारी दुर्घटना भए । जसमा ३ जनाको ज्यान गयो ११ गम्भीर ३८ जना सामान्य घाइते भए ।