लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीको अनुगमन, मूल्यांकन र नियमनका लागि प्रदेश सरकारले काम थालेको बताएका छन् ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सहकारी प्रशिक्षालय बाँकेले आयोजना गरेको तीन दिने सहकारी पल्र्स विश्लेषण तथा एमसीआइ तालिम समापनमा शुक्रबार बोल्दै मन्त्री पन्थीले त्यसका लागि प्रदेश सरकारले कार्यविधि बनाइसकेको र मूल्यांकनकर्ता तयार गर्न तालिम दिइरहेको जानकारी दिए ।
सहकारी प्रशिक्षालय बाँकेका प्रमुख, प्राचार्य लोक बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक नविन मैनालीले तालिमबाट सहकारी अनुगमन, मूल्यांकनका लागि प्रशिक्षार्थी तयार भएको धारणा राखेका थिए ।
हुकुम बहादुर ओलीले सञ्चालन गरेको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी बोर्डका उपाध्यक्ष टिकाराम पोखरेल, प्रदेश कार्यालय अन्तर्गत विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।