पाँच तले घरबाट हाम फालेर व्यवसायीको मृत्यु

धनगढी । पाँच तले घरबाट हाम फालेर आज धनगढीका एक व्यवसायीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको हो ।

छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण उनले बुधबार बिहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version