बाँकेमा एकैदिन ५ हजार बढीले पाठेघर क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकामा खोप अभियान सञ्चालन भएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेले चार पालिकामा खोप लगाउने लक्ष्य २४ हजार ५ सय ८९ रहेकोमा ५ हजार १४ ले खोप लगाएका हुन् । लक्ष्यको २१ प्रतिशत परिणाम पहिलो दिन नै हासिल भएको हो । चार पालिकामा अब खोप लगाउन बाँकी १९ हजार ५ सय ७५ जना रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा ९ हजार ३ सय १९ जना खोप लगाउने लक्ष्य भएकोमा पहिलो दिन २ हजार ७७ जनाले खोप लगाएका छन् । नेपालगन्जमा लक्ष्यको प्रगति २२ प्रतिशत रहेको छ । नेपालगन्जमा अझै खोप लगाउन ७ हजार २ सय ४२ जना बाँकी रहेका छन् ।
कोहलपुर नगरपालिकाले लक्ष्य ७ हजार ४ सय ४८ रहेकोमा पहिलो दिन १ हजार ५ सय ७४ जनाले खोप लगाएका छन् । खोप लगाउन बाँकी ५ हजार ८ सय ७४ जना रहेका छन् ।
खजुरा गाउँपालिकामा खोप लगाउने लक्ष्य ५ हजार ८ सय ७२ जना रहेका छन् । खोप लगाउन बाँकी ९ सय ३४ जना रहेका छन् । प्रगति १६% रहेको छ भने खोप लगाउन बाँकी ४ हजार ९ सय ३८ रहेका छन् ।
जानकी गाउँपालिकामा खोप लगाउने लक्ष्य १ हजार ९ सय ५० रहेकोमा पहिलो दिन ४ सय २९ जनाले खोप लगाएका छन् भने बाँकी १ हजार ५ सय २१ जना रहेका छन् ।