नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा आयोजित ‘प्रथम आन्तरिक भेट्रान र खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ मा रमेश श्रेष्ठ र टेक बहादुर गुरुङ तथा अज बहादुर शाही र कमल देवकोटाको जोडी प्रथम भएको छ ।
धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगितामा ५० वर्षमाथिको भेट्रानमा २० टिमबाट श्रेष्ठ र गुरुङको जोडी प्रथम भएको हो । खुल्लामा २६ टीमको सहभागिताबीच भएको प्रतिष्पर्धाबाट शाही र देवकोटाको जोडीले प्रथम पुरस्कार हात पारेको केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लले जानकारी दिए ।
भेट्रानबाट किशोर आचार्य र ऋषिजंग शाहको जोडी द्वितिय, जनार्दनरत्न मल्ल र अर्जुन खड्का तथा भोला सिटौला र इन्द्र बहादुर रानाको जोडी तृतिय भएको छ ।
खुलातर्फ बुद्धिलाल श्रेष्ठ र पवन चौधरी, सन्तोष शाही र मदन राज उपाध्याय तथा मोनु गुप्ता र सन्दीप चौधरीको जोडी क्रमशः द्वितिय र तृतिय भएको खेलाडी रमेश मल्लले जानकारी दिए ।
विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र २ हजार पुरस्कार रकम कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र वडाध्यक्ष प्रमोद रिजालले वितरण गरेका थिए ।
वडाध्यक्ष रिजालका अनुसार, एक करोड १५ लाख बढीमा बनाइएको धम्बोझीको ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा बालबालिकालाई नियमित प्रशिक्षण दिने गरिन्छ । केन्द्रले त्यसका लागि प्रशिक्षक राखेको छ । नियमित अभ्यास गर्न आउनेसँग केन्द्रले थोरै शुल्क लिने गर्दछ । केन्द्रमा नियमित प्रशिक्षण गर्ने र वडाका नागरिकलाई प्रतियोगितामा सहभागी गराइएको थियो । समापन कार्यक्रम अघि मैत्रीपूर्ण खेलपनि आयोजना गरिएको थियो ।
