प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्षमा प्रदिप वाग्ले निर्वाचित भएका छन् ।
प्रेस सेन्टर लुम्बिनीको सोमबार भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २३ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रदेश समितिको उपाध्यक्षमा भुपेन्द्र ओली, चिन्ता परियार र देवी गुरुङ्ग, महासचिवमा कमल रायमाझी, सचिव तिलाचन्द पाण्डे, जीवलाल सुवेदी, अनिता पोखरेल लगायत छन् ।
बाँकेबाट राजेश आचार्य र प्रदिप गुप्ता सदस्य निर्वाचित भएका छन् ।