नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ श्निवार सकिएकोे छ । महिला उद्यमी संघ नेपाल बाँके (वीन बाँके) ले फागुन ६ गतेदखि आयोजना गरको प्रदर्शनी शनिवार सकिएको हो ।
‘महिला उद्यमीहरूको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गर्ने हाम्रो उद्देश्य पुरा गर्दै प्रदर्शनी सकिएको छ,’ आयोजक वीनका अध्यक्ष साबित्रा पोखरेल बस्नेतले भनिन्, ‘महिला उद्यमी उत्प्रेरणामा आयोजना सफल भएको छ ।’
अध्यक्ष बस्नेतका अनुसार, महिलाहरूले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि वीन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
अध्यक्ष बस्नेतले महिला उद्यमीहरूलाई आर्थिक रूपमा सक्षम बना उनेको लागि प्रदर्शनीको आयोजना गर्ने गरेको जानकारी दिंदै, ‘प्रदर्शनीले हरेक वर्ष नयाँ उचाई हासिल गरिरहेको’ बताइन् । ‘महिलालाई आर्थिक रूपमा सबल बनाउँदै समाजलाई आर्थिक रूपमा बलियो बनाउने लक्ष्यलाई यो प्रदर्शनीले सहयोग गर्ने गरेको छ,’ अध्यक्ष बस्नेतले समापन समारोहमा भनिन् ।’
प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिलाहरूले आफनो वस्तुको बिक्री वितरण र बजारिकरण गरेका थिए । त्यसका लागि प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरूले स्टल राखेको मेला संयोजक रेबती सिंहले जानकारी दिइन् । वीन बाँकेको प्रथम उपाध्यक्ष सिंहले महिलाहरूमा नयाँ उत्साह जगाउने काम प्रदर्शनी गरिरहेको बताइन् । आगामी दिनमा प्रदर्शनीलाई थप प्रभावकारी बनाउने योजना उनले सुनाइन् ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शनिवार प्रदर्शनी समापन कार्यक्रममा सरकारले गर्ने काम वीन बाँकेले गरिरहेको भन्दै महिला उद्यमीका समस्या र सम्भावनाको बारेमा प्रदेश सरकारलाई जानकारी गराउने बताइन् । ‘यस्ता कार्यक्रममा प्रदेश सरकारले नीतिगत रूपममै सहकार्य गरेर अगाडी बढने विश्वास लिएको छु,’ काफ्लेले भनिन् ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्य र केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा प्रदर्शनी गरिएको हो । यसबीच, महिला उद्यमीका समस्या, चुनौति र सम्भावनाको बारेमा संवाद गरिएको थियो ।
शनिवार समापनको समारोहमा सफल उद्यमीको रूपमा बुटिक व्यवसायी सान्तोना राणालाई सम्मान गरिएको छ । शुक्रवार सफल महिला उद्यमीको सफलताका कुरा आदान– प्रदान, युवाहरूलाई उद्यम गर्नको लागि उत्प्रेरणा कार्यक्रम, सफल महिला उद्यमी शारदा शर्मा तथा फुटबल खेलाडी सृष्टि थारुलाई सम्मान गरिएको थियो ।