शुभलाभ इन्टरप्राइजेज प्रा.लि.ले विशेष अफर सहित एक्सचेन्ज एण्ड टेष्ट ड्राइभ क्याम्प बिहीबारदेखि नेपालगन्ज स्थित सिने रोयलमा आयोजना गरेको छ । शुभलाभका प्रबन्ध निर्देशक निरञ्जन राजभण्डारीका अनुसार, सांग्रिला मोटर्स प्रा.लि.को अधिकृत वितरकका रूपमा रहेको शुभलाभले नेपालगन्जमा आफ्नो विशेष एक्सचेन्ज र टेष्ट ड्राइभ क्याम्प आयोजना गरेको हो ।
चार दिनसम्म चल्ने क्याम्पमा ग्राहकहरूका लागि लिपमोटर सिटेन र सिट्रोन सिथ्रि जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवनका साथ एक्सचेन्ज अफर र त्यसका लागि आवश्यक वित्तीय सम्झौता समेत सहयोग गरिने राजभण्डारीले जानकारी दिए । सांग्रिला मोटर्स प्रा.लि.का सिनियर मार्केटिङ अफिसर कुमुद नकर्मीले नेपालगन्जका सवारीसाधन पारखीहरूलाई नवितम प्रविधि अन्वेषण गर्ने र टेष्ट ड्राइभको अवसर प्रदान गरिने बताए ।
