आदर्श मावि नेपालगन्जले आदर्श प्लस टु स्पोर्टस् मेनिया–२०८१ आयोजना गरेको छ ।
बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले स्पोर्टस् मेनियाको शुभारम्भ गरे । प्लस टुका विद्यार्थीहरू बीच विभिन्न खेलकुदको आयोजनालाई एकै ठाउँमा गरिने प्रतिस्पर्धात्मक उत्सवलाई मिनियाका रूपमा गरिएको आदर्शका प्रिन्सिपल महेश्वर जोशीले जानकारी दिए ।
एकेडेमीक एडभाइजर प्रकाश लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा चिफ डाइरेक्टर इश्वर पोखरेलले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै खेलकुद मार्फत स्वस्थ र अनुशासित जीवनयापनको जग बसाल्न ‘स्पोर्टस् मेनिया आयोजना गरिंदै आएको बताए । यसबीच छात्र, छात्रा फुटबल, टेबलनिस, भलिबल, एथलेक्टिस लगायतका विभिन्न खेलहरुको आयोजना गरिनेछ ।

