निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर आज एक इञ्जिनियरको मृत्यु भएको छ । पोखरा-८ का इञ्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए । मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

Exit mobile version