नेपालगन्जबाट कर्णालीमा हुने उडान प्रभावित

कर्णालीका हिमाली जिल्लामा बिहानैदेखि भएको हिमपात र वर्षाका कारण यहाँको हवाई उडान प्रभावित भएका छन् । नेपालगन्जबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा दैनिक हुने उडान प्रभावित भए ।

नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका छन् । हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण, राराका प्रमुख सन्तोष गौतमले बताए । हिमपात र वर्षाले हवाई सेवा अवरुद्ध भएपछि तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु एयरपोटमा रोकिन बाध्य भएका छन् । बाक्लो हिमपात भएपछि मुगु-गमगढी-नाग्मा सडक पनि केही दिनसम्म रोकिने सक्ने स्थानीयको भनाइ छ ।

Exit mobile version