खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका-८ कट्कुईयाकी ४४ वर्षीया लक्ष्मी चौधरीको खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु भएको छ ।

घरमा कोही नभएको अवस्थामा बिहीबार बेलुका चुलोमा दाउरा बाली खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो लाग्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरप्क्षक नवचन्द्र मल्लले बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई घरभित्रै मृत अवस्थामा फेला पारेको मल्लले जानकारी दिए ।

Exit mobile version