नेपालगन्जका यी क्षेत्रमा जाँदै छ आज बत्ती

नेपालगन्जको विद्युत् वितरण प्रणाली सुधारअन्तर्गत नेपालगन्जका दुई स्थानमा लाइन कन्डक्टर अपग्रेड गर्न थालिएको छ । आज शनिबार कुसुम पेट्रोल पम्पदेखि वीपी चोकसम्मको ११ केभी लाइनको कन्डक्टर अपग्रेट र एयरपोर्ट फिडर तथा कोहलपुरको राँझा चोक नजिकै ३३ केभी लाइन निर्माण निर्माण कार्य हुन थालेको हो ।

जसका लागि आज हाइवे पश्चिमतर्फ र एयरपोर्ट फिडर र कोहलपुर राँझा फिडरको राँझा चोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय पश्चिम सेन्ट थोमस स्कुल क्षेत्रमा एलटी कन्डक्टर अपग्रेड कार्य हुने भएकाले उक्त क्षेत्रमा विद्युत कटौती हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । बिहान ११ बजेदेखि दिउसो १७ बजेसम्म विद्युत् कटौती हुने बताइएको छ ।

Exit mobile version