महोत्सवमा नक्कली टिकट बिक्री प्रकरणका चारजनाले गरे आत्मसमर्पण

अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा चारजनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चारै जना शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Exit mobile version