प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया हुने भएको छ । उक्त अवसरमा प्रेस चौतारी बाँकेले मिडियाको दिगोपनका लागि जनप्रतिनिधिको भूमिकाका विषयमा अन्तरक्रिया गर्न लागेको हो ।
सो कार्यक्रममा पुरस्कारसमेत वितरण गरिने प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले बताएका छन् । माघ २२ गते यो कार्यक्रम गनापुरमा हुनेछ ।