नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएनको शनिबार भएको अधिवेशनले राम गोपाल कुर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल बहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि कुर्मी सर्वसम्मत भएका हुन् । कुर्मी वर्तमान कार्यसमिति कोषाध्यक्ष र थापा उपाध्यक्ष रहेका थिए ।
उपाध्यक्ष पदमा बालकृष्ण बु्ढाथोकी, सचिवमा राजुसिंह सिजापति, सहसचिवमा बसन्त कुमार कुर्मी , कोषाध्यक्षमा साहिद अली ढपाली, सहकोषाध्यक्षमा अनिल सिंह सिजापति निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पूर्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।
सदस्यहरुमा रंजित सिंह सिजापति, फुलचन्द तिवारी, रामखेलावन बाहुन, शिव नारायण यादव, सुनिल परियार, फहिमुद्दिन खाँ, कृष्ण प्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसअघि एशोसिएसनका अध्यक्ष जगदम्बा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश बालकृष्ण वाग्ले थिए । उपाध्यक्ष डिल बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले लेखापढी व्यवसायीले सेवाग्राही र सेवाग्राही कार्यालय बीच सहजीकरणको भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले राज्यले गर्नुपर्ने काम लेखापढी व्यवसायीले गरेर सेवाग्राहीलाई सेवा सहज बनाए पनि राज्यले त्यसको मूल्यांकन गर्न नसकेको धारणा राखेका थिए ।