मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुईजनाको ज्यान गयो

मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।

लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए । आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल स‌ंज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएको छ । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र  निभाइएको छ ।

Exit mobile version