होस्टेल जाँदै गर्दा किशोरीमाथि सामूहिक बलात्कार

घरबाट होस्टेल जान थालेकी एक छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार घर गई शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नवचन्द्र मल्लले बताए । सुरूमा एकजना किशोरले ललाइफकाइ ती किशोरीलाई तुलसीपुर-११ गैरागाँउस्थित नर्सरीमा पुर्‍याएको र त्यही दुवैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ ।

Exit mobile version