जानकीमा स्थानीयकाे कुटाइबाट एककाे मृत्यु

स्थानीयकाे कुटाइबाट जानकीमा एकजना युवककाे मृत्यु भएकाे छ । जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय मुनिर खाँको मृत्यु भएको हाे ।
स्थानीयको कुटपिटबाट घाइते भएका मुनिरको उपचारका क्रममा आज बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरी मुनिरलाई कुटपिट गरी घाइते बनाएको र घाइते भएका मुनिरलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

Exit mobile version