हिमपातपछि चोरी सिकारी बढ्यो

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ । जंगली जीवजन्तु मानववस्ती नजिक पुगेका झालर, घोलर, मृग, डाँफे, कालिज, बाघ र भालुलगायतका जीवजन्तु मारेर खुलमखुल्ला वेचविखन भइरहेको छ ।

जिल्लाका जयपृथ्वी नगरपालिकाका सुइल मयाना, पुगर, कैलाश, नौरा, वारिल, कोटदेवल, मष्टा, सुनिकोट धमेना, दाँतोला, काँडा, दहबगर, भामचौर, सुर्मा, दौलीचौर लगायतका लेकमा अहिले व्यापक चोरी सिकारी भइरहेको छ । यसरी चोरीसिकारी भएका जीवजन्तुको मासु सदरमुकाम चैनपुरमा महंगो मूल्यमा खुल्लमखुल्ला विक्रिवितरण भइरहेको छ । चोरी सिकारीकर्ताले बन्दुक, पासा र जालको मद्दतले जीवजन्तुको शिकार गर्ने गरेको स्थानीयहरू बताउँछन् । यसरी मारिएका जीवजन्तुको मासुले गाउँमै मूल्य नपाउने भएपछि सदरमूकामसम्म पु¥याउने गरेको जानकारहरू बताउँछन् ।

यसरी मारिएका जीवजन्तुमा कालिच प्रतिकोटा १५ सयसम्म, डाँफेको दुई हजार, मृगको प्रतिकेजी ६ सय, झारलको एकहजारसम्म विक्रिवितरण हुने गरेको छ । सुकुटी बनाइएको मासुको मुख्य प्रतिकेजी चारहजारसम्म विक्रिवितरण भइरहेको छ । यसरी बजारमा खुलेआम चोरीसिकारीबाट मारिएका वन्यजन्तुको मासु विक्रिवितरण भइरहँदा वन कार्यालय, प्रहरी र प्रशासन भने मूकदर्शक बनेका छन् । उता डिभिजन वन कार्यालयका प्रमुख भरतप्रसाद भट्ट भने आफूले चोरीसिकारीमा कडाई गरिरहेको दाबी गर्छन् ।

उनले भने,‘पहुँच हुने ठाउँमा सधै निगरानी राखेकै हुन्छौं । अहिलेसम्म कसैले सुराँकी गरेको पनि छैन हामीले प्रहरी, प्रशासन गाउँपालिका, र विभिन्न वनका अध्यक्षसँग समन्वय गरिरहेका छौं ।’ आफूले चोरीसिकारीबारे केही सुनेपनि पर्याप्त जनशक्ति नहुँदा नियमनमा समस्या भइरहेको उनले बताए । ‘हामीकहाँ वन अधिकृत ८ जनाको दरबन्दी छ, तर २ जना मात्रै छौं । २४ जना वन रक्षकको दरबन्दीमा १८ जना मात्र हुनुहुन्छ,’ उनले भने ।

Exit mobile version