नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख ठगी गर्ने पक्राउ

नेपाली सेनामा भर्ती गराइ दिन्छु भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा ईलाका प्रहरी कार्यालय कोहलपुरले दैलेख भगवती गाउँपालिका-७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

उनलाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर-११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए । कोहलपुर-११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिइ ठगी गरेको डिएसपी तिवारीले बताए ।

अहिले नेपाली सेनाका लागि छनौट प्रक्रिया चलिरहेको छ । सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version