अबरुद्ध हवाइ सेवा सुचारु

दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।

सिमकोट बिमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाका अनुसार बिमानस्थल क्षेत्रमा हावाहुरी चल्न रोकिएपछि हवाइ सेवा सुचारु भएको छ । बिहीबार हावाको चाप ३८ नट रहेकोमा र शुक्रबार त्यो घटेर १७ नटमा झरेको कारण दुवै दिन हवाइ सेवा अबरुद्ध भएको थियो । बिमानस्थलमा उडान भर्नका लागि हावा चाप आठ नटसम्म हुनुपर्ने बताउदै उहाँले त्यो भन्दामाथि भए उडान हुन नसक्ने बताउनुभयो । शनिबार नेपालगञ्जबाट तारा एयरले दुई र समिटले एक उडान भरेको छ ।

तीनै उडानमा यात्रुहरु ओसारिएको थियो । यसलेगर्दा दुबैतिरका यात्रुहरुलाई सहज भएको छ । अस्पतालले रिफर गरेका बिरामीले समेत उपचारका लागि जिल्ला बाहिर जाने अवसर पाएको उले बताए ।

Exit mobile version