धम्बोझी–त्रिवेणीमोड पार्किङ्ग एकतर्फी

नेपालगन्जको धम्बोझीचोक देखि त्रिवेणीमोडसम्म सवारीसाधन एकतर्फी मात्रै पार्किङ्ग गर्न पाइने भएको छ । सा“घुरोबाटोमा दुवै तर्फ पार्किङ्ग हुँदा सवारीसाधन तथा यात्रुलाई आवतजावतमा समस्या भएपछि एकतर्फी पार्किङ्गले सहज हुने विश्वास गरिएको छ ।

नेपालगन्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म ‘एकतर्फी पार्किङ’ कायम गरिएको हो ।

आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, विहिबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइनेछ । एकतर्फी पार्किङ्गको सुरुवात कार्यक्रममा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, ट्राफिक प्रहरी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Exit mobile version