वडाध्यक्ष गरिबे शेषले मागे माफी, कर्मचारीहरु फर्किए काममा

फिल्डमा खटिएका प्राविधिक लिलाराज धामीमाथि हातपात गर्ने खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले माफी मागेका छन् । ईलाका प्रहरी कार्यालय धनाैलीमा जनप्रतिनिधि, कर्मचारीहरुकाे उपस्थितिमा भएकाे छलफलमा उनले माफी मागेका हुन् ।
वडाध्यक्ष शेषले माफी मागेपछि बुधबारदेखि खजुराकाे कामकाज प्रभावित पारेका कर्मचारीहरु आइतबारदेखि काममा फर्किएका छन् । वडा नम्बर ६ मा रहेकाे भानु माध्यमिक विद्यालयमा सम्पन्न माटाे पटान याेजनाकाे प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि वडाध्यक्ष शेषले बुधबार हातपात गरेका थिए । उनी उक्त विद्यालयकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षसमेत हुन् ।
कार्यक्षेत्रमा जनप्रतिनिधिले कर्मचारीमाथि हातपात गरेपछि कर्मचारीहरुले खजुरा गाउँपालिकाकाे कामकाज प्रभावित पारेका थिए ।

Exit mobile version