पढ्नूस् नेपालगन्जका छोटकरी समाचार

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् ।

फिल्डमा खटिएका प्राविधिक लिलाराज धामीमाथि हातपात गर्ने खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले माफी मागेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीमा जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा भएको छलफलमा उनले माफी मागेका हुन् । वडाध्यक्ष शेषले माफी मागेपछि बुधबारदेखि खजुराको कामकाज प्रभावित पारेका कर्मचारीहरु आइतबारबाट काममा फर्किएका छन् ।

बाँके खजुरा गाउँपालिका-२ का ३६ वर्षीय एक युवक बर्दियामा पक्राउ परेका छन् । बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा उनी पक्राउ परेका हुन् ।

नेपालगन्जको धम्बोझीचोकदेखि त्रिवेणीमोडसम्म सवारीसाधन एकतर्फि मात्रै पार्किङ गर्न पाइने भएको छ । साँघुरोबाटोमा दुवैतर्फ पार्किङ हुँदा सवारीसाधन तथा यात्रुलाई आवतजावतमा समस्या भएपछि एकतर्फि पार्किङले सहज हुने विश्वास गरिएको छ ।

बाँके जिल्ला फुटबल संघले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावनाविपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष प्रतिबन्ध र १० हजार रुपैषाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

र, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले जिल्ला स्तरको मेयर कप च्याम्पियन टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम र कैलाली मेयर कपको डिफेन्डिङ च्याम्प्यिन टिम कैलाली गुरुकुल इंङलिस मिडियम स्कुलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

Exit mobile version