घाइतेको उपचार सरकारले गर्नुपर्छः महासंघ

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बस कपिलवस्तुमा भएको दुर्घटनाका घाइतेको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।

उक्त भवितव्यबस भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग महासंघले गरेको छ । साथै देशका विभिन्न भागमा भवितव्यबस हुने सडक दुर्घटनामा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत तीनवटै मजदुर संघ, संगठनहरुको प्रत्यक्ष सहभागिता रहने गरी दुर्घटना न्यूनीकरण कार्यदल गठन गरी भवितव्य दुर्घटना राहतकोषको स्थापनाको लागि नेपाल सरकारसँग अनुरोध गरिएको महासचिव डेकनाथ गौतमले जनाए । उक्त दुर्घटनामा परि १० जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् ।

Exit mobile version