खजुराको अलपत्र सडकबारे मन्त्रीलाई गराइयो ध्यानाकर्षण

बाँकेको खजुरा बजार क्षेत्रको १८ सय मिटर सकडलाई ६ वर्षसम्म ६ वर्षसम्म निर्माण ६ वर्षसम्म पनि पूरा नगरेर अलपत्र पारेको विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई स्थानीयले ध्यानाकर्षण गराएका छन् । हुलाकी सडक अन्तर्गत बाँकेको नेपालगन्जदेखि बर्दियासम्म निर्माणाधीन सडकको प्रगतिका विषयमा अनुगमन गर्न आएका मन्त्रीलाई खजुरावासीले ध्यानाकर्षण गराएका हुन् ।

गजुरमुखि निर्माण कम्पनीले साढे २ वर्षभित्र पूरा गर्ने सम्झौता भएपनि ६ वर्ष पुग्दा पनि पुरा गरेको छैन । त्यसपछि सडक विभागको सिफारिसमा सरकारले गजुरमुखिलाई कालोसुचीमा राखेको छ । तर, गजरमुखि कालोसूचीमा राख्न नमिल्ने भन्दै अदालत गएको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कालोसूचीमा नराख्न भन्दै अन्तरिम आदेश पनि दिइसकेको छ । स्थानीयहरु भने अब उक्त सडकको ठेक्का हुलाकी सडक अन्तर्गत राखेर निर्माण गर्नुपर्ने मागपत्र पनि मन्त्रीलाई बुझाएका छन् । साथै खजुरा बजारको बीचमा रहेको पेडारी नालामाथिको पुल जीणर् भएको विषयमा पनि स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

मागपत्र बुझ्दै मन्त्री ज्वालाले गजुरमुखिले पटकपटक सचेत गराउँदा पनि काम नगरेकाले कालोसुचीमा राखिएको जानकारी दिए । कालोसुचीमा राख्दापनि कम्पनीले अदालतमा मुद्धा हालेकोले अब अदालतको आदेश कुर्नुको विकल्प नरहेको उनले बताए । अदालतले चाडो टुंगो लगाएमा उक्त सडकलाई नयाँ ठेक्कामा लैजाने हो हुलाकी सडक अन्तर्गत अहिले निर्माणाधीन ठेक्कामै थपेर निर्माण गर्ने भन्ने टुंगो लगाइने उनको भनाइ छ ।

मन्त्री ज्वालाले निर्माणाधीन नेपालगन्ज मैनापोखर गुलरिया हुलाकी सडक र परसपुर गौघाट रणनीतिक सकको अनुगमन पनि गरेका छन् । उनले दुवैसडकको कामको प्रगति सन्तोषजनक रहेको बताए । तर हुलाकी सडक निर्माण गरिरहेको कम्पनीलाई काम गरेको करि ८७ करोड रुपैयाँ भुक्तानी हुन नसकेकोमा उक्त रकम पनि चाँडै निकासा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Exit mobile version