गुडिरहेको ट्याक्टरबाट लडेर बालकको मृत्यु

रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका- ३ धनेखर्कबाट वडा नम्बर २ को सिर्पतर्फ जाँदै गरेको लु४त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा  लुङ्ग्री गाउँपालिका-२ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो ।

उनी ट्याक्टरको अगाडि बसेका थिए ।  गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए । उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो । उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए ।

Exit mobile version