चितुवाको आक्रमणबाट युवक घाइते

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका– ३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।
कुण्डा सब–डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका– ८ खपटी खोलानजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

Exit mobile version