बंगलादेशबाट पोखरासम्म उडान गर्न सुझाव

सरकारी तथ्यांक अनुसार हवाई माध्यमबाट मात्र ३० हजार बढी बंगलादेशी पर्यटक सन् २०२३ मा नेपाल भित्रिए । २०२४ को पहिलो महिना जनवरीमा मात्र नेपाल भित्रिने बंगलादेशी पर्यटकको संख्या ३ हजार ६ सय २९ थियो । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय बंगलादेशी पाहुना थपिने क्रममा छन् ।  
अहिले बंगलादेशबाट काठमाडौंसम्म मात्र सिधा हवाई उडान भईरहेको छ । बंगलादेशलाई पोखरासम्मका सिधा हवाई उडानले जोड्न सके आगामि दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको आकार बढ्ने व्यावसायीको भनाई छ । बंगलादेशबाट पोखरासम्म सिधा हवाई उडान संचालन भएमा आगामि दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको संख्या बढ्ने भएकोले त्यसका लागि प्रयास थाल्न नेपालस्थित बंगलादेशी राजदुतावासका प्रथम सचिव मोहम्मद हुमायन कविरले सुझाएका छन् ।
बंगलादेश–पोखरा हवाई रुटमा सहजीकरण भए ढाका–पोखरा सोझो उडान सम्भव भएको पनि उनले बताए । 

Exit mobile version