कलशयात्रामा दुई समुदायबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा दुई समुदायबीच झडप भएको छ । शनिबार हिन्दु समुदायले निकालेको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको हो ।

झडपका क्रममा दुवै समुदायका एक/एकजना सामान्य घाइते भएको महोत्तरी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए । उनका अनुसार स्थित नियन्त्रणमा गर्न प्रहरीले चार राउन्ड हवाई फायरसमेत गरेको छ । सम्सी गाउँपालिका-१ बाट सुरु भएको कलश यात्रा नुरी मस्जिद नजिक पुगेपछि उनीहरू बीच झडप भएका थिए ।

घटनास्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । हाल सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएका छन् ।

Exit mobile version