बसको ठक्करबाट गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

कैलालीमा मोटरसाइल दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-८ का ३९ वर्षीय गोपी नेपाली छन् ।

शनिबार साँझ कैलालीको गैरीगंगा नगरपालिका-९ शंकरपुरमा बसले उनी सवार से ३ प ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्कर दिने बसको नम्बर खुल्न सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बस खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version