नेत्रहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको खेलमा प्रतियोगितामा बर्दियाले बाँकेलाई हराएको छ ।
बर्दियाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । बाँकेले ४ विकेट गुमाएर १४७ रनको लक्ष्य दिएको थियो । बर्दियाले लक्ष्य १७ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै बाँके माथि जित हात पारेको थियो । प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । प्लेयर अफ दि म्याचको ट्रफी कोहलपुर नगरपालिका वडा अध्यक्ष कल्पना शर्माले हस्तान्तरण गरिन् ।
त्यस्तै, प्रतियोगिताको शनिबार भएको अर्को खेलचितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रूपन्देही बीच भएको थियो ।
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको छ । चितवनले ५९ रनको लक्ष्य दिएको थियो । उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लुम्बिनीले ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाएपछि मात्र ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । प्लेयर अफ दि म्याच लुम्बिनीका खेम राज सापकोटा भएका थिए ।