जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट खसेको जिप अन्दाजी पाँच सय मिटर तल पुगेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version