बिहान ६ देखि १० बजेसम्म वीरगञ्जमा कर्फ्यु खुला

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा चार घण्टाका लागि कर्फ्यू आदेश खुला गरेको छ । सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले मङगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू आदेश खुला गरिएको जनाएका छन् ।

उक्त समयपश्चात स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश रहने प्रजिअ भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।

Exit mobile version