भिरबाट लडेर विद्यार्थीको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका- ६ मा भिरबाट लडेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार बिहान घरबाट विद्यालय जाने क्रममा रातोपौड भिरबाट लडेर धनसिंह धामीकी १८ वर्षीया छोरी मनिषाको मृत्यु भएको हो ।

स्थानीय कृष्णसिंह ठगुन्नाका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको हो । विद्यालय जाने बाटोबाट करिब ५०० मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले जानकारी दिए ।

मनिषा स्थानीय मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

Exit mobile version