लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि नेपालगन्जमा

नेपालगन्जमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु हुँदैछ । भोलिसम्म सञ्चालन हुने उक्त सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगन्जमा पुगिसकेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज नेपालगन्ज पुग्दै छन् । सुरक्षा समितिको बैठकका लागि लुम्बिनीका सबै जिल्लाका सुरक्षा प्रमुखहरु नेपालगन्जमा पुगेका छन् । उक्त बैठकको सबै तयारी भएको बाँकेका सुरक्षा अधिकारीहरुले बताएका छन् । आज बिहान ९:३० बजेदेखि बैठक सुरु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Exit mobile version