बाघको आक्रमणबाट मोटरसाइकलमा सवार दुईजना घाइते

जीतपुर सिमरा उपमहानगरपालिकामा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन् । उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

पथलैयाबाट रौतहटतर्फ जाँदै गरेको ना३६प ५०११ नम्बरको मोटरसाइकलमा सवार रौतहट बौधिमाई नगरपालिका-३ का कृष्ण साह र राजु साह रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधिराम न्यौपानेले बताए । उनका अनुसार घाइतेहरूको हात र टाउकोमा चोट लागेको र उनीहरु सामुदायिक अस्पताल निजगढमा उपचार पछि घर फर्किएका छन् ।

Exit mobile version