दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बाँकेमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सप्ताहको उद्घाटन गरेका छन् ।

सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी प्लेकार्डसहित र्यालीसमेत निकालिएको छ । यसले ट्राफिक सचेतना नागरिकसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, मौसमलगायतका कुरामा ध्यान नदिँदा बढी दुर्घटना हुने गरेको छ । पैदलयात्री जथाभावी बाटो काट्ने, चौपाय छाड्ने जस्ता कुरा थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै सप्ताहअन्तर्गत पैदलयात्रीलाई सडकपेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवम् सडकपेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले बताए ।

Exit mobile version